नियम ३२
मेलमिलाप गराउने
(१) नियम ३१ बमोजिमको मेलमिलापको कार्यविधि अवलम्बन गर्दा पक्षहरु आपसमा मेलमिलाप गर्न सहमत भएमा मेलमिलापकर्ताले अनुसूची–९ बमोजिमको ढाँचामा मेलमिलापको लिखत खडा गरी सो कागजमा पक्षहरुको सहीछाप गर्न लगाई आफ्नो समेत सही गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको लिखत मेलमिलापकर्ताले प्रत्येक पक्षलाई एक/एक प्रति उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मेलमिलापको लिखत तयार भई पक्षहरुले समेत सो लिखतमा सहीछाप गरेपछि विवादको निरुपण भएको मानिने छ र मेलमिलापको कार्यविधि अन्त्य हुनेछ ।